Bidhi Media Logo Icon
Worldlink
Sticky Logo
  • home
  • अर्थतन्त्र
  • साहित्य/कला
  • खेलकुद
  • फोटो फिचर
  • ब्लग
  • विज्ञान/प्रविधि
  • राजनीति
  • अन्य
    • विचार
    • विशेष
    • समाज
  • English
  • अर्थतन्त्र
  • साहित्य/कला
  • खेलकुद
  • फोटो फिचर
  • ब्लग
  • राजनीति
  • विचार
  • विज्ञान/प्रविधि
  • विशेष
  • समाज
  • English
शीर्ष खबर
fiber_manual_record कोरला नाका हुँदै चिनियाँ राजदूतसहितको टोली मुस्ताङमा fiber_manual_record १२ वर्षदेखि अड्केकाे हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइन दशैलगत्तै सञ्चालनमा आउने fiber_manual_record स्थानीय तहका हाकिम : न मामापट्टिका, न आमापट्टिका fiber_manual_record ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत् ड्यामकाे निरीक्षण, बाँध जाेखिममुक्त fiber_manual_record सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक

रविको अभियोग संशोधनबारे महान्यायाधिवक्ताले गरेको निर्णय झिकाउने सर्वोच्चको आदेश

विधिन्युज
विधिन्युज

२०८२ माघ ६ गते १२:१६

rabi-lamichhane
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा संशोधनविरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयको सक्कलप्रति झिकाउन आदेश गरेको छ।
न्यायाधीश अब्दुर अजीज मुसलमानको एकल इजलासले आज लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरको मुद्दा महान्यायाधिवक्ता कार्यालयले संशोधन गरेको गत पुस ३० गतेको निर्णयको सक्कल प्रति झिकाउने आदेश गरेको हो।
आदेशमा भनिएको छ, “महान्यायाधिवक्ताले मिति २०८२/०९/३० मा गरेको निर्णयसहितको सक्कल फाइल, जिल्ला सरकारी वकिल कार्यालयहरूबाट विभिन्न अभियोगको सम्बन्धमा रवि लामिछानेसमेत उपर दायर भएको मुद्दाहरूमा अभियोग पत्र संशोधन हुने कारण देखिने कुनै थप प्रमाणहरू पेस भएको भए सो प्रमाणसमेतको सक्कलप्रति महान्यायाधिवक्ता कार्यालयमार्फत छलफल पेसीका दिन देखाइ फिर्ता लैजाने गरी झिकाइ सुनुवाइमा अग्राधिकारसहित प्राथमिकता दिई नियमानुसार पेस गर्नू।”
आदेशमा महान्यायाधिवक्ताको काम, कर्तव्य र अधिकारसम्बन्धी प्रश्न, सरकारी वकिलले सरकारी मुद्दा दायर गर्ने र फिर्ता लिन सक्ने प्रक्रिया तथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३६ मा उल्लेखित अभियोगपत्र संशोधनसम्बन्धी कानुनी व्यवस्थाको दायरा एवं त्यसको सीमालगायत संवैधानिक एवं कानुनी प्रश्नहरूको निरूपणको साथै मुद्दाको प्रकृतिसमेत हेर्दा दुवै पक्षको जिकिर सुनी मागबमोजिम अन्तरिम आदेश जारी हुने वा नहुने निष्कर्षमा पुग्न मनासिव, न्यायोचित र आवश्यक देखिँदा यही माघ ८ गतेलाई छलफलका लागि बोलाएको छ ।
“यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार, कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ (पन्ध्र) दिनभित्र विपक्षीहरूका हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत पठाउनु”, आदेशमा भनिएको छ, “विपक्षीमध्येका रवि लामिछानेका हकमा आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु ।”
अध्यक्ष लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । महान्यायाधिवक्ता कार्यालयले लामिछानेसँगै यो सहकारी ठगी प्रकरणमा दायर भएका अन्य प्रतिवादीको पनि सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरको मुद्दा संशोधन गरेर फिर्ता लिएको थियो ।

ClassicTech Ad

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरु

कोरला नाका हुँदै चिनियाँ राजदूतसहितको टोली मुस्ताङमा

१२ वर्षदेखि अड्केकाे हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइन दशैलगत्तै सञ्चालनमा आउने

कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

जनमत सर्वेक्षण

Live
Prominent Leaders

जनमत चुनाव

खुल्ना जनमत चुनाव

तपाईंको विचारमा देशको आर्थिक भविष्यका लागि सबैभन्दा उपयुक्त नेता को हुन्?"

हालसम्म ३४,५१२ मत दर्ता भइसकेका छन्

trending_up ट्रेन्डिङ समाचार

  • १

    Best Internet Service Provider in Nepal 2026

  • २

    From Pashmina to Photovoltaics: China–South Asia Expo Turns Kunming into Regional Trading Hub

  • ३

    गणेशलाई मानसिक रोगीको ट्याग लगाएर उम्किन नखोज बालेन सरकार

  • ४

    Satyajit Ray: The Tolstoy of Cinema

  • ५

    Swar Samrat: The Enduring Legacy of Narayan Gopal

  • ६

    Imperialism and War in West Asia: The Political Economy of the U.S.-Israel-Iran Rivalry

Nepal Top Ads Ad
Bidhi Logo Footer

बिधि न्यूज

बिधि न्यूजले राजनीति, अर्थतन्त्र, समाज र विश्वभरका सही र समय सान्दर्भिक समाचारहरू प्रदान गर्दछ। हामी निष्पक्ष र जिम्मेवार पत्रकारिताप्रति प्रतिबद्ध छौं।

मुख्य विधाहरू

  • विज्ञान/प्रविधि
  • ब्लग
  • साहित्य/कला
  • खेलकुद
  • विशेष

हाम्रोबारे

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • नियम र शर्त
  • विज्ञापन
  • सम्पर्क

हामीलाई सम्पर्क गर्नुहोस्

  • location_on
    काठमाडौं, नेपाल, नयाँ बानेश्वर-१०
  • phone
    9704902235
  • email
    [email protected]

© 2026 बिधि न्यूज प्रालि. सर्वाधिकार सुरक्षित।

Crafted by Creative ideas