भारत र चीनबीच लिपुलेक मार्ग प्रयोग गरेर यात्रा सञ्चालन गर्ने विषयमा आएका खबरप्रति नेपालले गम्भीर चासो व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले आइतबार वक्तव्य जारी गरी १८१६ को सुगौली सन्धिअनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूभाग भएकोमा नेपाल सरकार दृढ रहेको स्पष्ट पारेको छ।
वक्तव्य अनुसार, नेपालले भारत र चीन दुवै देशलाई आफ्नो धारणा कूटनीतिक माध्यमबाट जानकारी गराइसकेको छ।
नेपालले भारतलाई उक्त क्षेत्रमा सडक निर्माण, विस्तार, व्यापार वा अन्य गतिविधि नगर्न बारम्बार आग्रह गर्दै आएको छ।
लिपुलेक क्षेत्र नेपालको भएको विषयमा चीनलाई पनि आधिकारिक रूपमा अवगत गराइएको छ।
नेपाल सरकार इतिहास, प्रमाण र आपसी समझदारीका आधारमा कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताइएको छ।
चीन र भारतले नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक नाका प्रयोग गर्ने सहमति गर्दा नेपाललाई उपेक्षा गर्दा आएका छन्।
