राष्ट्रिय स्वतन्त्र पार्टीमा जिम्मेवारी हेरफेर गरिएको छ। पार्टीले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको हो। उक्त निर्णयअनुसार जिल्ला र निर्वाचन क्षेत्रसहितको विस्तृत सूची भोलि बस्ने केन्द्रीय समितिको बैठकबाट पारित गरिने तयारी गरिएको छ।
यसैबीच, आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक वोहरालाई नियुक्त गर्ने निर्णय गरेको छ। यसअघि उक्त जिम्मेवारी सम्माननीय सभामुख डिपी अर्यालले सम्हाल्दै आएका थिए। तर, उपसभापति रहेका अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएसँगै पार्टीको जिम्मेवारीबाट अलग भएपछि उक्त पद रिक्त भएको थियो।
पार्टीले संगठन विस्तार र प्रभावकारी समन्वयलाई ध्यानमा राख्दै जिम्मेवारी हेरफेर गरेको प्रवक्ता मनीष झाले जानकारी दिए ।