​काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जाने भएका छन्।

उनको सचिवालयका अनुसार उनी सुदूरपश्चिमको धनगढी हुँदै भारततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

​भारत बसाइका क्रममा उनले उत्तराखण्डको नैनीतालस्थित प्रसिद्ध ‘कैँची धाम’ र आसामको गुवाहाटीस्थित ‘कामाख्या मन्दिर’ मा परिवारसहित पूजाअर्चना गर्नेछन्।

तीन दिने धार्मिक भ्रमण तथा दर्शन पूरा गरेपछि उनी स्वदेश फर्किनेछन्।