आन्तरिक रोजगारी र उद्यमशीलता प्रवर्धनमा वैदेशिक रोजगारीबाट प्राप्‍त सीप, ज्ञान र पुँजीको उपयोग विषयक नीतिगत संवाद करिब ३०० जना सहभागीहरुको उपस्थितिमा उत्साहित रूपमा सम्पन्न भएको छ ।

करियर उडान संवाद शृङ्खलाको भाग ३ मा ‍नेपाल सरकारका सहसिचव हेमराज तामाङज्यूबाट “राष्ट्र सेवामा युवा, राष्ट्र निर्माणमा युवा” विषयक प्रेरणात्मक संवाद र अन्तरक्रियामार्फत उपस्थित हुनुभएका सम्पूर्ण सहभागीहरूमा “युवा राष्ट्र निर्माणको प्रमुख आधार हो, राष्ट्रसेवामा युवा समर्पित भएमात्र विकासले स्थायित्व प्राप्त गर्न सक्छ” भन्‍ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको छ ।

आज मेलामा अवलोकन गर्ने, सीप सिक्न चाहाने र रोजगारी खोज्ने लगायत सबै सहभागीहरु करिब ५ हजार ५ सय ५५ दर्ता भएका छन् ।

रियालन्स स्पिनिङ मिल्स लिमिटेडले रोजगारीका लागि अन्तर्वार्ता लिई ९ जना रोजगार खोजकर्ता छनौट गरेको छ ।

जिल्ला होटल तथा पर्यटन व्यवसाय संघ सुनसरीले रोजगारीका लागि अन्तर्वार्ता लिई २ जना रोजगार खोजकर्ता छनौट गरेको छ ।

१० वटा विधा अन्तरगतका तालिममा कुल २०९ जना सहभागी भएको तथा सहभागी नभएको व्यक्तिको स्थानमा अन्य इच्छुक र उपस्थित व्यक्तिलाई प्राथमिकता दिई सहभागी हुने व्यवस्था गरिएको छ ।

Open AI तर्फ करिब १२९ जनाले तालिम लिएको ।

करिब ४ हजार ६ सय ७४ जनाले मेलाको सबै स्टलमा उपस्थित भई विभिन्‍न विषयमा जानकारी लिनु भएको छ ।

jobfair.sharamsansar.gov.np मार्फत हालसम्ममा कुल रोजगारदाताको सङ्ख्या ५०१, रोजगार खोजकर्ताको सङ्ख्या ५ हजार ८ सय ९८ जना, कूल प्रकाशित पदहरू ४४२ र कुल रिक्त पदहरू ६ हजार ३ सय ९८ रहेको छ ।