जटिल भौगोलिक अवस्था, प्रतिकुल मौसम एवम् सम्पूर्ण आवश्यक सामानहरु Air Lift गर्नुपर्ने चुनौतिसमेतलाई छिचोल्दै प्राधिकरणले आफ्ना सम्पूर्ण स्रोत साधनहरुलाई अधिकतम परिचालन गरी विपदमा परेका कर्मचारी तथा कामदारको खोज तथा उद्धारकार्यबाट आज मिति २०८३।०५।१७ गते दिउँसो १३: ०० बजेसम्म देहायको कार्य प्रगति भएको छः

ढुङ्गा, बालुवा, माटो लगायतका पदार्थहरु थुप्रिएको कारण त्रिशुली नदीको लेबल पहिलेको भन्दा निकै उच्च रहेको र टनेलको मुख्य प्रवेशमार्ग लगायत पावर हाउस क्षेत्र समेत धेरै पुरिएको अवस्थामा पावर हाउससम्म पुग्न विभिन्‍न उपकरणको प्रयोग गरी केवल टनेलबाट पावर हाउस भित्र प्रवेश गर्ने बाटो बनाउने कार्य भैरहेकोछ। सो क्रममा ठूला ठूला ढुङ्गाहरु भेटिएकोले ब्लास्ट गरि पन्छाउने कार्य भैरहेको।

केवल टनेलको मुख खोलाको लेबल भन्दा तल रहेकोले टनेल र हाल बनाईएको प्रवेश मार्गमा जम्मा भएको पानी Pumping गरी बाहिर फाल्ने (Dewatering) कार्य जारी रहेको।

सम्बन्धित जलविद्युत उत्पादन केन्द्र, वितरण केन्द्र, ग्रीड सवस्टेशन तथा प्रसारण लाइन आयोजनाहरुबाट प्राप्‍त विवरण अनुसार प्राधिकरणका देहायबमोजिमका कर्मचारी/ कामदारहरुसँग सम्पर्क स्थापित हुन नसकेकोले निजहरुको खोज तथा उद्धार गर्ने कार्य चौबिसै घण्टा निरन्तर चलिरहेको छः
१. देवीघाट जलविद्युत केन्द्र-(२४ मेगावाट) मा कार्यरत सुरक्षागार्ड संख्याः१
२. त्रिशुली जलविद्युत केन्द्र-(२४ मेगावाट) मा कार्यरत कर्मचारी १ र सुरक्षा गार्ड २ गरी कुल संख्याः३
३. माथिल्लो त्रिशुली 3 ए जलविद्युत केन्द्र (६० मेगावाट) मा कार्यरत कर्मचारी/कामदार संख्याः४२
४. रसुवा वितरण केन्द्रको कामदार संख्याः१
५. त्रिशुली ३ बी हव २२० के.भी. सवस्टेशनमा कार्यरत सुरक्षा गार्ड संख्याः १
६. चिलिमे-त्रिशुली २२० के.भी. प्रसारण लाइन आयोजनामा कार्यरत कर्मचारी संख्याः१