उच्च अदालत बार एसोसिएसन पाटनको कार्यसमिति निर्वाचनमा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह (पीपीएलए) का उम्मेदवारहरू विजयी भएका छन् । अध्यक्ष पदमा सेवन्तराज निरौला निर्वाचित भएका छन्।

निरौलाले १ हजार १ सय ५२ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उम्मेदवार भेषराज पोखरेलले १९९ मत र नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का उम्मेदवार देवीप्रसाद रिजालले १२२ मत प्राप्त गरे ।

उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य रहेको पाटन उच्च अदालत बार एसोसिएसनको निर्वाचनमा बृहत् प्रगतिशील तथा पेसागत समूह, डेमोक्रेटिक लयर्स एसोसिएसन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबीच प्रतिस्पर्धा भएको थियो । प्रमुख निर्वाचन अधिकृतमा वरिष्ठ अधिवक्ता शान्तिराम खतिवडा थिए ।

निर्वाचन समितिले आजै सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विभिन्न पदमा निम्न उम्मेदवारहरू विजयी भएका छन् :

निर्वाचन परिणाम (विजयी उम्मेदवारहरू)
अध्यक्ष सेवन्तराज निरौला १,९५२

उपाध्यक्ष दुर्गा प्रसाद चिमरिया १,०६२

सचिव राजीव पोखरेल १,०४५

सह-सचिव सिमा सुवेदी १,०५३

कोषाध्यक्ष दिल कुमार कार्की २,०८८

महिला सदस्य (३ जना)
अन्तिमा पौड्याल (ज्वाली) १,१६९
इन्दिरा कुमारी शर्मा (सुवेदी) १,०५५
बबिता राई १,०१५

खुला सदस्य (११ जना)
शर्मिला अधिकारी १,१७४
मैया दुर्गाना १,१७८
विष्णु मन्नत १,१३६
निश्चित खरेन १,०८७
वालकृष्ण थापा १,०४६
दीपेश ओमा १,०४०
कटक वहादुर शाही १,००८
राजन के.सी. १,००१
मात्रिका खनाल ९९७
सुलभ पराजुली ९७६
गोविन्द कुमार साह ९५०