देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक ले नेपालभर १०० भन्दा बढी कर्मचारी माग गरेको छ ।कम्पनीले सेवा विस्तार तथा ग्राहक सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले फाइबर इन्जिनियर,फाइबर लिडर तथा फिल्ड सपोर्ट लगायतका पदमा योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारबाट आवेदन आह्वान गरेको हो।

कर्मचारीले पाउनु सुविधाहरू:
 मासिक तलब रु. ३०,००० सम्म
 ओभरटाइम सुविधा (थप आम्दानीको अवसर)
 CUG सिम कार्ड
 पर्फर्मेन्स अनुसार करिअर ग्रोथ
 तालिम तथा सिकाइको अवसर
 नेपालभर कार्य गर्ने अवसर

कार्यस्थान: नेपालभरका विभिन्न शाखाहरू

आवेदन दिने तरिका:
आफ्नो CV [email protected] मा पठाउन वा क्लासिक टेकको आधिकारिक वेबसाइट वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने छ।इच्छुक उम्मेदवारलाई समयमै आवेदन दिन क्लासिक टेकको आग्रह छ।