नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले जिम्मेवारी सम्हालेसँगै अब मुलुक ३५ वर्षीय युवकको हातमा गएको  छ ।

शाहले आज शीतलनिवासमा वैदिक विधिअनुसार शंखनाद, मंगलाचरण र स्वस्ति वाचनपछि राष्ट्रपतिसमक्ष शपथ लिनुभयो ।

उहाँको शपथसँगै आजै १६ सदस्यीय मन्त्रिपरिषद पनि गठन भएको छ । मन्त्रिपरिषद्मा पनि युवाहरुकै वर्चस्व छ ।

नवनियुक्त प्रधानमन्त्रीको शपथपछि निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले अर्थपूर्ण शब्दमा सामाजिक सञ्जालमार्फत बधाइ दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।’

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् यसप्रकार छ: