प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री कार्की सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमै पुग्नुभएको थियो । प्रधानमन्त्री कार्कीले त्यहाँ पितृशोकमा रहनुभएका ओलीसहित उहाँको परिवारलाई संवेदना व्यक्त गर्नुभएको थियो । साथै त्यस क्रममा उहाँले चुनावमा सहभागी भएर मुलुकलाई शाान्तिपूर्ण निकास दिन सहयोग गरेको भन्दै ओलीलाई धन्यवाद दिनुभएको थियो ।

सोमबार नै साँझ प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको टोलीलाई बोलाउनुभयो । कांग्रेस नेताहरुलाई पनि उहाँले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सफल गराउन भूमिका खेलेकोमा सह्राहना गर्नुभयो । साथै उहाँले निर्वाचन परिणामबाट विचलित नभई जनताको सेवामा निरन्तर जुट्न आग्रह पनि गर्नुभयो ।

भेटघाटमा गृहमन्त्री ओमप्रकाश अर्यालका साथै कांग्रेस नेताहरु विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पनि टोलीमा हुनुहुन्थ्यो ।