शान्तिपूर्ण निर्वाचन गराएको र जेनजी आन्दोलनपछि मुलुकमा कानुनी शासन पुनर्स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेवापत् प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याललाई पुरस्कृत गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीको प्रस्तावमा मन्त्रिपरिषद्ले अर्याललाई राष्ट्रिय सभाको सदस्य नियुक्तिका लागि सिफारिस गरेको छ ।
आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
कानुन व्यवसायी पृष्ठभूमिका अर्यालले धेरै सार्वजनिक महत्त्वका रिट निवेदनमार्फत सुशासन कायम गराउन भूमिका खेलेका कारण प्रतिष्ठित पनि छन् ।