काठमाडौँ महानगरपालिका १० वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएका छन् ।
सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यसअघि २ चरणमा गरेको अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम एकिन गरेको हो ।
तेस्रो चरणमा थप ८ वटा वडाहरुको मौलिक र प्राचीन नाम अध्ययन गर्ने सम्झौता अवसरमा यस सम्बन्धी जानकारी दिइएको हो ।