नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उनले पदबाट राजीनामा दिएको नवनिर्वाचित एक पदाधिकारीले जानकारी दिए । पौडेललाई शेरबहादुर देउवाले मुख्य सचिव बनाएका थिए।
नयाँ नेतृत्व चयन भएपछि शुक्रबार पहिलोपटक केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । यही बैठकले गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा घोषणा गर्ने तयारी छ ।