जेनजी आन्दोलनमा भएको क्षतिको जाँचबुझ गर्न गठित आयोगको म्याद लम्बिएको छ।
मन्त्रिपरिषद्को आजको बैठकले आयोगको म्याद २० दिन थप्ने निर्णय गरेको हो।
उक्त आयोगको म्याद आजै माघ ८ गते सकिँदै थियो।
आयोगकै अनुरोधबमोजिम गृह मन्त्रालयले मन्त्रिपरिषद्मा म्याद थपको प्रस्ताव गरेको थियो।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिका सम्बन्धमा जाँचबुझ गरी कारबाही सिफारिस गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा न्यायिक आयोग गठन गरिएको छ।