हिजो उच्च अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज करेक्सन भएको छ ।
आज बुधबार नेप्से ९.४३ अंकले घटेको छ । मंगलबार ४२ अंकले बढेको नेप्से आज शून्य दशमलव ३४ प्रतिशतले ओर्लिएको छ ।
कुल ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो । कुल १३ उपसमूहमध्ये अन्य उपसमूह मात्रै हरियो देखियो । बाँकी सबै उपसमूहहरु राताम्य भए ।
आज ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।