सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई एक करोड धरौटी बुझाउन जिल्ला अदालत, पर्साले आदेश दिएको छ।
मंगलबार जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको एक इजलासले एक करोड रुपैयाँ बराबरको धरौटी बुझाउन आदेश दिएको हो।
रवि मंगलबार अदालतमा उपस्थित भएका थिए। आजै उनको थुनछेकसम्बन्धी बहस भएको थियो।
जीबी राई समूहको वीरगन्जस्थित सानो पाइला सहकारीको रकम ठगी प्रकरणमा रविविरुद्ध पनि अभियोग लगाइएको थियो। जीबी राई अझै फरार छन्।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रुपमा लगानी गरेको, उक्त कम्पनीलाई गैरकानुनी रकम शुद्धीकरणका निम्ति प्रयोग गरेको र संगठित रुपमा अपराध गरेको अभियोगमा रविलाई पनि मुख्य अभियुक्तको सूचीमा राखेर सरकारले मुद्दा चलाएको छ।