नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

अन्तरिम आदेश जारी नभएपछि गगन थापाले कांग्रेस सभापतिका रुपमा निर्बाध काम गर्न पाउने भएका छन्।

शेरबहादुर देउवाले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिन नहुने भनी दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

देउवाको रिटमा सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा आज पहिलो सुनुवाइ भएको थियो।

विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले उनका विरुद्धमा रिट दिएका हुन्। निर्वाचन आयोगले समेत थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिइसकेको छ।

विशेष महाधिवेशन र आयोगको निर्णय नै अवैधानिक रहेको दाबी गरी देउवाले दिएको रिटको प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा परेको हो।