नेपाली कांग्रेसको आधिकारिकता विवादको रिटमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा आज पहिलो सुनुवाइ सुरु भएको हो।

विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले उनका विरुद्धमा रिट दिएका हुन्। निर्वाचन आयोगले समेत थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिइसकेको छ।

विशेष महाधिवेशन र आयोगको निर्णय नै अवैधानिक रहेको दाबी गरी देउवाले दिएको रिटको प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा परेको हो।