नेपाली कांग्रेसको आधिकारिकता विवादको रिट सर्वोच्च अदालतमा आज पहिलोपल्ट पेसी चढेको छ।
विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले उनका विरुद्धमा रिट दिएका हुन्।
निर्वाचन आयोगले समेत थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिइसकेको छ।
विशेष महाधिवेशन र आयोगको निर्णय नै अवैधानिक रहेको दाबी गरी देउवाले दिएको रिटको प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा परेको हो।