सरकार छाडेर चुनाव लड्न गएका तीन मन्त्रीले सम्हालेका मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्री आफैँले राखेकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीमै निहित हुने गरी तोकेका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन; सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएको हुँदा उनीहरूले सम्हाली आएको मन्त्रालयहरूको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोकिएको शीतलनिवासबाट जारी विज्ञप्तिमा उल्लेख छ।
