Bidhi Media Logo Icon
Worldlink
Sticky Logo
  • home
  • अर्थतन्त्र
  • साहित्य/कला
  • खेलकुद
  • फोटो फिचर
  • ब्लग
  • विज्ञान/प्रविधि
  • राजनीति
  • अन्य
    • विचार
    • विशेष
    • समाज
  • English
  • अर्थतन्त्र
  • साहित्य/कला
  • खेलकुद
  • फोटो फिचर
  • ब्लग
  • राजनीति
  • विचार
  • विज्ञान/प्रविधि
  • विशेष
  • समाज
  • English
शीर्ष खबर
fiber_manual_record कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय fiber_manual_record मतदानको ७ दिनअघिदेखि देशभर मदिरा प्रतिबन्ध fiber_manual_record बंगलादेशका प्रधानमन्त्रीको शपथमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने fiber_manual_record बयान फेर्ने साक्षीविरुद्ध पनि भ्रष्टाचार मुद्दा fiber_manual_record चुनावी सुरक्षा योजना नयाँ चरणमा प्रवेश, यस्तो छ सरकारको समीक्षा

आज देशभर उम्मेदवारी दर्ता, तडकभडक नगर्न आयोगको निर्देशन

व
विधिन्युज

२०८२ माघ ६ गते ०२:१७

ecn-election-commission

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदै छ।

ClassicTech Ad

निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ।

आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ ।

आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ। भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ।

आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ।

Ncell Ad

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ।

निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरु गरिसकेको छ। अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्नेछन्।

नेपाली कांग्रेसले केही क्षेत्रका उम्मेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ।

नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार छनोट गरी उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन्।

उम्मेदवारले मनोनयनका लागि सम्बन्धित दलका प्रमुखबाट प्राप्त टिकटको सिफारिस र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ।

त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ।

आज उत्साहपूर्वक रूपमा देशभर उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ। विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको जेनजी आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरु

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

शिक्षामन्त्रीसँग इयू आबद्ध मुलुकका राजदूतहरुको शिष्टाचार भेटवार्ता

चीनको पब्लिक डिप्लोमेसी: विश्वका ९८ पत्रकार बेइजिङमा, नेपालबाट रावल सहभागी

जनमत सर्वेक्षण

Live
Prominent Leaders

जनमत चुनाव

खुल्ना जनमत चुनाव

तपाईंको विचारमा देशको आर्थिक भविष्यका लागि सबैभन्दा उपयुक्त नेता को हुन्?"

हालसम्म ३४,५१२ मत दर्ता भइसकेका छन्

trending_up ट्रेन्डिङ समाचार

  • १

    सिंहदरबारका माउसुलीहरु

  • २

    Swar Samrat: The Enduring Legacy of Narayan Gopal

  • ३

    Imperialism and War in West Asia: The Political Economy of the U.S.-Israel-Iran Rivalry

  • ४

    गेमिङदेखि स्ट्रिमिङसम्म: क्लासिकटेकले बदल्दैछ नेपालको इन्टरनेट अनुभव

  • ५

    महावीर पुन पनि मन्त्री पद छाडेर चुनावी मैदानमा

  • ६

    एकै दिन २० हजार ५०० ले घट्यो सुनको मूल्य

Nepal Top Ads Ad
Bidhi Logo Footer

बिधि न्यूज

बिधि न्यूजले राजनीति, अर्थतन्त्र, समाज र विश्वभरका सही र समय सान्दर्भिक समाचारहरू प्रदान गर्दछ। हामी निष्पक्ष र जिम्मेवार पत्रकारिताप्रति प्रतिबद्ध छौं।

मुख्य विधाहरू

  • विज्ञान/प्रविधि
  • ब्लग
  • साहित्य/कला
  • खेलकुद
  • विशेष

हाम्रोबारे

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • नियम र शर्त
  • विज्ञापन
  • सम्पर्क

हामीलाई सम्पर्क गर्नुहोस्

  • location_on
    काठमाडौं, नेपाल, नयाँ बानेश्वर-१०
  • phone
    9704902235
  • email
    [email protected]

© 2026 बिधि न्यूज प्रालि. सर्वाधिकार सुरक्षित।

Crafted by Creative ideas