निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, ६३ राजनीतिक दलले ५७ वटा चिह्नबाट चुनाव लड्नेछन्। ३२१३ उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको छ।
निर्वाचन आयोगले प्रकाशन गरेको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले यही माघ १० गतेसम्म निवेदन दिन सक्नेछन् ।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। समानुपातिक तर्फबाट ११० जना र प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुन्छन्।
११० सिटका लागि ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवारको नाम पेस भएको निर्वाचन आयोगले जनाएको छ।
सबै दलका उम्मेदवारको सूची यसप्रकार छ-