निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने भएको छ।
आज बसेको निर्वाचन आयोगको बैठकले यो निर्णय गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बालुवाटारमा प्रधानमन्त्री र मन्त्रीहरुको बैठकमा जानकारी गराएका हुन्।
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ।
आयोगको टोलीले प्रधानमन्त्रीसहित मन्त्रीहरुसमक्ष आचार संहिताबारे जानकारी दिन बालुवाटारमा विशेष प्रस्तुतीकरण पनि गरेको थियो।
निर्वाचन कार्यक्रमअन्तर्गत समानुपातिकतर्फको बन्दसूची सबै दलले बुझाइसकेका छन्।
अब प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यक्रम माघ ६ गते तोकिएको छ।