नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक संघर्ष गर्ने निर्णय गरेको छ।

शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको देउवापक्षीय नेताहरुको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने आयोगको निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको हो।

बैठकपछि देउवा पक्षका नेता प्रकाशशरण महतले निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार अदालत जाने निर्णय गरिएको जानकारी दिए।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नेपाली कांग्रेसलाई निर्वाचन आयोगले शुक्रबार आधिकारिक पार्टीको मान्यता दिएको थियो।