राजनीति
एमाले महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत, पोखरेलको आपत्ति
Ukesh Dhakal
२७ मंसिर २०८२
काठमाडौं । नेकपा एमालेले महाधिवेशनका लागि १ सय ८ जना प्रतिनिधि मनोनीत गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १०८ जनाको नाम पार्टीले सार्वजनिक गरेको हो ।
प्रतिनिधिका विषयमा अध्यक्षका दाबेदार एवं वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति रहेको बताएका छन् ।
शुक्रबार (मंसिर २६) सचिवालय बैठकमा १०८ प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल बसेर टुंगो लगाउने सहमति गरिएको थियो । तर, उक्त सहमतिविपरीत एकलौटी ढंगले सूची प्रकाशन गरिएको पोखरेलले बताए ।
